
काठमाडाैँ । स्थानीय बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ।
बिहीबार चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।