९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्ध आज नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघ–संस्थाले मार्चपास गर्दै छन् । आज दिउँसो २ बजे सर्वोच्च अदालत अगाडिबाट संयुक्त मार्चपास सुरु गर्न लागेका हुन् । उक्त मार्चपास बालुवाटार पुगेर टुंगिनेछ ।

‘न्याय मार्च’ नाम दिइएको उक्त मार्चपासमा नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलन लगायत रहेका छन् ।

यसअघि मंगलबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेसम्म प्रधानन्यायाधीश जबराविरुद्ध कानुन व्यवसायी मात्रै आन्दोलित भएकोमा अब भने पेसागत संगठन, नागरिक समाज र सर्वसाधारण समेत सहभागी हुने बताएका थिए । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति समेत छानबिन गर्न माग गर्दै उक्त मार्चपास गर्न लागिएकाे श्रेष्ठकाे भनाइ थियाे ।

मार्चमा सहभागी हुन आम नागरिकलाई समेत अपिल गरिएकाे छ । यसका साथै बारले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन भन्दै प्रमुख राजनीतिक दलहरूलाई धारणापत्र समेत बुझाएको छ । प्रन्या जबराको बहिर्गमनलाई एक मात्र मूल सर्त बनाएर बारको नेतृत्वमा एक महिनादेखि कानुन व्यवसायीहरुले देशव्यापी आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV