९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । तपाईं ४० वर्ष कटिसक्नुभएको छ? योभन्दा पहिला नै मधुमेह लागिसकेको छ? होसियार रहनुहोस्,मधुमेहले सुटुक्कै तपाईंका आँखाको दृष्टि गुम्न सक्छ। त्यसैले बेलैमा मधुमेह र आँखाको जाँच गर्नुहोस्।

कतिपयले मधुमेह भएको थाहा नपाई वा थाहा भएर पनि उपचारका लागि ढिलो पुग्दा आँखाको दृष्टि गुमाएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ।

तिलगंगाले नेपालमा मधुमेहले आँखाको दृष्टि गुमाउनेहरू बढिरहेको भन्दै चिन्तासमेत प्रकट गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा पछिल्लो समयमा नेपालमा बढ्दै आधुनिक जीवनशैलीसँगै मधुमेहका रोगीको संख्या बढेको र मधुमेहका कारण आँखाको दृष्टि गुम्ने क्रम बढेको डा. रबा थापाले औंल्याइन्।

सन् २०१५ मा भक्तपुर रेटिना स्टडीको तथ्यांकअनुसार ६० वर्षमाथिका ९ प्रतिशतमा र ४० वर्ष माथिका ५ प्रतिशतमा मधुमेह भएको पाइएको छ। तथ्यांकअनुसार २० देखि ७९ वर्षको उमेर समूहमा विश्वका ९.२ प्रतिशतमा मधुमेहको समस्या छ। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV