८ मंसिर २०७८, बुधबार
  • बिकास पौडेल,

चितवन । चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटनापछि स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV