८ मंसिर २०७८, बुधबार

दाङ । दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ४२२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी९निर्मल०ले २६६ मत प्राप्त गर्नुभयो । सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।

क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गर्नुभयो । यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV