८ मंसिर २०७८, बुधबार
  • तारा आचार्य

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत परशुरामले ढिलै भएपनि प्रदेश खेलकुद विकास बोर्ड गठन गरेको र बोर्डले पनि आफ्नो कामलाई तिव्रता दिएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले ऐन कानुन र नियमावली अनुसार खेलकुद विकास बोर्डमा नियुक्ति गरिएकाले राजनैतिक विमतिका कारण बोर्डका पदाधिकारीलाई हटाउन नमिल्ने बताउनु भएको छ ।

प्रदेश खेलकुद विकास बोर्डले विगत डेढ महिनामा गरेका कामहरु तथा आगामी योजना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव बस्नेतले विगतको सरकारले गरेको नियुक्ति भनेरै हटाउन खोजिए कानुनी रुपमा प्रतिवाद गरिने बताउनु भयो ।

उहाँले प्रदेश १ को १४ जिल्लामा नै जिल्ला खेलकुद विकास समिति गठन गरेर खेलकुद क्षेत्रमा गतिशिलता ल्याएको तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई मासिक प्रोत्सासहन भत्ता दिने निर्णय गरेको जानकारी दिनुभयो ।

विगतको भीम आचार्य नेतृत्वको प्रदेश सरकारले ०७८ असोज २४ गतेको मंत्रीपरिषदको बैठकले प्रदेश खेलकुद विकास बोर्ड गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV