८ मंसिर २०७८, बुधबार
  • तारा आचार्य

विराटनगर । नेपाली कांग्रेसको प्रथम प्रदेश १ अधिवेशन आगामी मंसिर १६ गते प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिने भएको छ ।

कांग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजक तथा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पत्रकार सम्मेलन गर्दै प्रदेश सम्मेलन विराटनगरमा गरिने बताउनु भयो । अधिवेशनमा प्रदेश भरिका एक हजार सातसय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

मंसिरमा हुन लागेको नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश अधिवेशनका लागि करिब एक करोड खर्च लाग्ने अर्थ समितिका संयोजक एवं मोरङका सभापति डिगवहादुर लिम्बुले बताउनु भयो । उहाँले अधिवेशनमा सहभागि हुने प्रतिनिधीबाट दर्ता शुल्क प्रतिव्यक्ति २ हजारका दरले उठाउने बताउनु भयो ।

अधिवेशनमा २८ प्रतिनिधीसभा निर्वाचन क्षेत्रका सभापति , महाधिवेशन प्रतिनिधी सहित २५ जनाका दरले सात सय , ५६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट सभापति र १७ जना प्रदेश प्रतिनिधीका दरले ९ सय ५२ जना ,१९ जना केन्द्रीय सदस्य र भातृ र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधि सहभागी हुनेछन् ।

सो अधिवेशनको लागि केन्द्रीय सदस्य कृष्ण सिटौलाको नेतृत्वमा आयोजक समिती गठन गरिएको र उद्ध्घाटन पनि सिटौलाले गर्ने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV