८ मंसिर २०७८, बुधबार
  • राजन परियार

सिन्धुली । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कर्ण बहादुर मगर विजयी भएका छन् ।

काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सिन्धुली क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको निर्वाचनमा उनका प्रतिद्धन्दी पुष्प बहादुर कार्कीलाई १ सय ७८ मतान्तरले पछि पार्दै थापा क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।

कुल ७ सय ८१ खसेको मतमा थापाले ४ सय ६५ मत प्राप्त गरेका थिए भने उहाँका पुष्प कार्कीले २ सय ८७ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिबमा खड्ग बहादुर नेपाली र हेम प्रसाद गौतम क्रमशः ३ सय ९९ र ३ सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा पुर्णराज गिरी र बालकृष्ण आलेलाई पराजित गदैँ नेपाली र गौतम विजयी भएका छन् ।

सहसचिवमा श्याम प्रसाद पहाडी र नवराज थापा क्रमशः४ सय ५७ र ३ सय ९० मत प्राप्त गरी विजयी भएका छन् ।
चेत प्रसाद भट्टराई, दिनेश घिमिरे र इन्द्र बहादुर बुढाक्षेत्री क्रमशः ३ सय ३, २ सय ७० र २ सय ५९ मत प्राप्त गरी क्षेत्रिय सदस्यमा विजयी भएका छन् ।

त्यस्तै गरी क्षेत्रिय सदस्यमा प्रदेशसभा (क) बाट एकराज पहाडि, शान्तिमान कटुवाल र महिलामा रेणु श्रेष्ठ निर्विरोध विजयी भएका छन् भने प्रदेशसभा (ख) बाट गोबिन्द पहाडी, मेघ बहादुर खत्री (सिताराम) र पदम कुमारी सुनुवार क्षेत्रीय सदस्य निर्विरोध विजयी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV