८ मंसिर २०७८, बुधबार

काठमाडौँ । दिनभर कारोबारमा उतारचढाव भएको नेप्से सूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा आएको छ । ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज २२७ कम्पनीको ७४ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये १० समूहको सूचकमा हरियाली देखिएको छ ।

फाइनान्स समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ । २६ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइसीएफसी फाइनान्स र अपि पावर परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV