८ मंसिर २०७८, बुधबार

काठमाडौँ । आसन्न टी-२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन्।

होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप आज अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् ।

५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV