८ मंसिर २०७८, बुधबार

जनकपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्हामा ग्रहण लागेको र आफ्नो पार्टीको चिन्ह कलम चम्किएको टिप्पणी गर्नुभएको छ ।

बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली पार्टी चोइटिएपछि बरबराउन थालेकोसमेत आरोप लगाउनुभयो ।

‘ओली पार्टी चोइटिएपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थाले। उनी एक्लिदै गएपछि गालीगलौजमा उत्रिए। तर हामी कुनै प्रतिकार गर्दैनौँ,’ उहाँले भन्नुभयो, ‘चुनावपछि विचरा भन्ने अवस्था आउनेछ।’

आफूहरुको पार्टी विस्ताको कार्यक्रमलाई देखेर ओली अतालिएको पनि अध्यक्ष नेपालले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV