८ मंसिर २०७८, बुधबार

काठमाडौँ । स्थानीय बजारमा सुनको मुल्य घटेको छ । बुधबार पनि सुनको मूल्य ५ सयले घटेर तोलको ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV