८ मंसिर २०७८, बुधबार
  • मोहनबिक्रम शाही

जुम्ला । नेपाली काँग्रेस जुम्लाको सभापतिमा देउवा पक्षका कर्ण शाही विजयी भएका छन्। पौडेल पक्षका दीपबहादुर शाहीलाई ४ मतको अन्तरले पराजित गर्दै कर्ण शाही विजयी भएका हुन्।

जिल्ला कार्यसमितिको सबै पदमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिको मतगणना बाँकी रहेकाले र घोषणा हुन भने बाँकी रहेको निर्बाचन समितिले जनाएको छ।

कार्यसमितिको उपसभापतिमा दीपक शाही र कार्मा बुढा, सचिवमा अर्जुन सिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV