८ मंसिर २०७८, बुधबार

एजेन्सी । युइएफए च्यम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखले लगातार पाँचौँ जित निकालेको छ । समूह ‘ई’ अन्तर्गतको खेलमा बार्यनले डिनामो किएभलाई २-१ ले पराजित गरेको हो ।

बार्यनलाई जित दिलाउनको लागि फरवार्ड रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले समान एक-एक गोल गरे । घरेलु टोलीका डेनिस हरमासले एक गोल फर्काए ।

खेलका १४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा कोमानले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । डिनामो किएभका लागि ७० औँ मिनेटमा हर्माशले गोल गरेका थिए ।

जितसँगै अपराजित बार्यन १५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको सात अंक छ । पारजित डिनामो किएभ एक अंकसहित पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV