८ मंसिर २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औं महाधिवेशनका लागि प्रतिनिधिको संख्या २३ सय २७ पुर्याएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिको संख्या बढाएर २३ सय २७ पुर्याउने निर्णय गरेकाे हो ।

यसअघि १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने बताइएको थियो । तर मंगलबारको बैठकले १०३ जना थप प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् ।

त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।

हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलित र ५ सय ७६ जना महिला प्रतिनिधि हाधिवेशनमा सहभागी हुने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV