८ मंसिर २०७८, बुधबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा स्पोनिस् क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना अफ्नै घरेलु मैदान क्याप नोउमा पोर्तुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरी खेलेको हो ।

बार्सिलोनाले बल पोजिसन आफ्नो पकडमा राखेपनि गोल गर्न भने सकेन । बार्सिलोनाले गोल गर्ने केही राम्रो अवसर गुमाएको थियो । १४ पटक बार्सिलोनाले बेन्फिकाको पोस्टमा प्रहार गर्दा ३ पटक मात्र टर्गेटमा हानेको थियो ।

बराबरीमा रोकिए पनि बार्सिलोनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ । बार्सिलोनाले ५ खेलबाट ७ अंक जोड्दै बार्सिलोना समूह ‘ई’को दोस्रो स्थानमा छ । पराजित बेन्फिका ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको बार्यन म्युनिखको १५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV