८ मंसिर २०७८, बुधबार
  • विनय तिम्सिना

इलाम । नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को सभापतिमा शमशेर राई र क्षेत्र नं. २ मा डिकेन्द इदिङ्गो विजयी हुनुभएको छ ।

दुवै विजयी क्षेत्रिय सभापति जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य पक्षका हुनुहुन्छ। क्षेत्र नं १ मा राईले खसेको कुल ७११ मत मध्ये दुई सय ४७ मत ल्याएर सभापतिमा विजयी बन्नुभएको हो।

३३ मत अन्तरले राई सभापतिमा विजयी बन्दै गर्दा सभापतिका अर्का उम्मेद्वार भीष्म प्रधानले दुई सय १४ मत प्राप्त गर्नुभएको थियो। अर्का सभापतिका उम्मेदवार दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याउनुभएको थियो ।

सचिवमा २५४ मत सहित राजकुमार लिम्बू सेरेङ र २३१ मतसहित यामन लामा विजयी बनेका छन् । यस्तै सहसचिवमा ३१० मतसहित प्रज्वल भट्टराई र २६६ मतसहित बुघराज लिम्बू प्रत्यक्ष सदस्यमा देवेन्द्र अधिकारी, नितेश खत्री र राजु राई विजयी बन्नुभएको छ ।

सदस्य खस आर्यतर्फ गणेश खड्का सदस्य आदिवासी जनजाती महिला तर्फ बिमला तामाङ रेमलता गुरुङ आदिवासी जनजाती खुल्ला तर्फ जिवन राई र रविन देवान विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा ४३२ मत प्राप्त गरि इदिङ्गो विजयी बन्दा अर्का प्रतिस्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै तेस्रोमा नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा सुवास घिमिरे र वविन धनकुमार राई सहसिचवमा खोम खतिवडा र अम्विका चौहान विजयी हुनुभएको छ।

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।
अब इलाममा जिल्ला अधिवेशन यहि १० गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV