८ मंसिर २०७८, बुधबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा साविक विजेता इंग्लिस क्लब चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले इटालियन क्लब युभेन्टसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई सानदार जित दिलाउनको लागि ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

खेलको २५औं मिनेटमा चालोवाहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए ।

खेलको ५५औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा ओडोइले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयको पाँचौ मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई सानदार जित दिलाए ।

यो जितसँगै युभेन्ट्सलाई पछि पार्दै चेल्सी समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अंक भएपनि हेड टु हेड र गोल अन्तरमा चेल्सी अगाडि रहेको हो । दुवै टोलीले यो समूहबाट नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV