८ मंसिर २०७८, बुधबार

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियाललाई २-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले लिगको अन्तिम १६ मा स्थान पक्का बनाएको हो ।

युनाइटेडलाई सहज जित दिलाउनको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले समान एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । योसँगै उनले व्यवसायिक खेल करिअरमा ८ सय गोलको नयाँ कीर्तिमान बनाएका छन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

जितपछि ५ खेलबाट १० अंक जोड्दै एक खेल अगावै युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा छ । एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV