७ मंसिर २०७८, मंगलवार

काठमाडौं । पूर्वमन्त्री रामचन्द्र झा नेकपा माओवादी केन्द्र परित्याग गरेर माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा नेकपा (एस)का अध्यक्ष नेपालले पूर्वमन्त्री झासहित नवप्रवेशी झालाई फूलमाला, गम्छासहित पार्टीमा स्वागत गरेका हुन् ।

तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबारै नेपाली कांग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV