७ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्नबाट बञ्चित गर्न नमिल्ने बताएका छन् ।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकलाई राजनीति गर्न नरोकौँ, रोके राजनीतिक विचार, नीति र योजना जनतामा पुर्याउन नसकिने बताएका हुन् ।

शिक्षकहरु सक्रियताका कारण राजनीतिक रुपान्तरण सफल भएको बताउदै उनले ‘नेपालमा भएका पार्टीहरु सबै शिक्षकहरुकै योगदानका कारण नीतिगत रुपमा बलियोे भएको दाबी गरेका छन् ।

राजनीतिक दल र गाउँघरमा मजदुर किसान राजनीतिक विचार, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरुले लाने गरेका छन्, प्रचण्डले भने । शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुँदैन उनले भने ।

शिक्षकलाई राजनीतिमा सकृय बनाउन टेक्नीकल्ली अप्ठ्यारो नपर्ने गरी जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ । तपाईंहरु दुविधामा नरहनु होला ।’प्रचण्डले भने ।

सम्बोधनका क्रममा उनले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV