७ मंसिर २०७८, मंगलवार

काठमाडौँ । नेप्से सूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा अडिएको छ । ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति समीक्षाको समय नजिकिंदै गर्दा लगानीकर्तामा केही शंका र दुविधा देखिएको अनुमान गरिएको छ ।

आज २२७ कम्पनीको ७४ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । अन्य बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

४१ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र महालक्ष्मी विकास बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV