७ मंसिर २०७८, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ०६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७३ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १७४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ९४ हजार १९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV