
एजेन्सी । स्पेन तथा बार्सिलोनाका युवा स्टार मिडफिल्डर पेड्रीले यस वर्षको ‘गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।
उनले जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पर्दै अवार्ड जितेका हुन् । १८ वर्षीय मिडफिल्डर पेड्रीले ३१८ अंक प्राप्त गरे ।
यसपटकको अवार्डको भोटिङमा ४० पत्रकारले गरेका थिए । जसमा २६ जनाले पेड्रीलाई पहिलो, ९ जनाले दोस्रो र ३ जनाले तेस्रो स्थानमा राखेका थिए । दुई जना भने मत दिएनन् ।
अवार्ड जितेपछि भिडियो सन्देशमा पेड्रीले यस ट्रफीको लागि टुटोस्पोर्ट्सलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो ट्रफीको लागि टुटोस्पोर्ट्सलाई धन्यवाद, जसले मलाई गर्व गर्छ र म जुरीका सबै सदस्य र समर्थकहरुलाई पनि धन्यवाद दिन चहान्छु, जसले मलाई सधै समर्थन गरेको छ । जुन मेरो लागि पछिल्लो वर्ष अविश्वसनीय रह्यो ।’
उनले १३ डिसेम्वरमा एक समारोहका बीच यो अवार्ड ग्रहण गर्नेछन् । इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका युवा खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।