६ मंसिर २०७८, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट । दक्षिण कोरियास्थित नेपालीको रेमिट स्टार रेमिट र नेपालको नबिल बैंक बीच रेमिटयान्स भित्रयाउने सम्बन्धिमा सम्झौता भएको छ ।

काठमाडौको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित एक समारोहको बीच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहबीच सो सम्बन्धमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्रयाउने, कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने, विदेशबाट सरल, सहज र कानुनीरुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको थियो ।

स्टार रेमिट दक्षिण कोरियामा सन् २०१८ दक्षिण कोरियामा नेपालीद्वारा नेपालीको लागि संचालित स्टार रेमिटले हाल कोरियाबाट १५ देशमा कारोबार गरिरहेको रेमिटका बजार व्यवस्थापक खेम कार्कीले जानकारी दिए । सो रेमिटयान्स कम्पनीले सन् २०२२ सम्म ५० देशमा र २०२४ मा २०० देशमा कारोबारगर्ने लक्ष्यसहित कारोबारलाई विस्तार गरिरहेको उनको भनाइ छ ।

नेपालमा १३५ ब्रान्चहरुबाट तथा १५ हजार बढि नबिल रेमिट एजेन्ट लोकेशन बाट सेवा प्रदान गरिरहेको नबिल बैंकसँगको सहकार्यले स्टार रेमिटको सेवामा अझ गुणस्तर थपिने कम्पनीको दावि छ ।

फिक्स डिपोजिट, लोन सुविधा तथा स्मार्ट बैंकिङको सुविधा कोरियाबाटै लिनको लागि स्टार रेमिटसँगको सम्झौंताले थप मद्धत गर्ने रेमिटका अध्यक्ष रुद्र शर्मा विश्वास व्यक्त गरे । उनले सो रेमिटले समय सापेक्ष सेवा सुविधाहरू थप्दै जाने लक्ष्य लिएको जनाउँदै सेवाग्राहीको मनोभाव बुझेर आफुहरु काम गरिरहेको बताए ।

समारोहमा नविल बैंकका प्रतिनिधिहरु , स्टार रेमिटका प्रतिनिधिहरु सहित कोरिया तथा विदेशबाट फर्केका नेपालीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV