६ मंसिर २०७८, सोमबार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) माथि जित निकालेको छ।

साबिक विजेता मछिन्द्रले सुनिल बलको दुई गोलको मद्दतमा जित निकाल्न ससफल भएको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै विजयी भएको हो ।

मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन १० मिनेट अघि गोल गरेका थिए । न्युरोड टिम एनआरटीका लागि खेलको ५३ मिनेटमा एरिक विष्टले फ्रिकिकमा एक गोल गरे ।

खेलको १२ मिनेटमै सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनिलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । ५३औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । खेल सकिन लाग्दा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले फेरि अर्को १ गोल गोल गरेपछि मछिन्द्रले २-१ को अग्रता बनाउन सफल भएको थियो ।

यस खेलसँगै पहिलो पटक विकेण्डमा आयोजना भएको लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको विश्रामपछि आगामी शुक्रबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV