
काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च नेतृत्व विहिन हुने बाध्यात्मक अवस्थामा प्रधानन्यायाधीशमा जबरालाई नियुक्त गरिएको बताएका छन् ।
समितिका सभापति एवम् लोकतान्त्रिक समाजवादी पार्टीका नेता समेत रहेका कर्णले लक्ष्मण लाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नियुक्ति बाध्यतावश भएको बताएका हुन् ।
नेपाल बार एशोसिएशनको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले त्यो समयमा प्रधानन्यायधीश जबराको विकल्पमा कोही नभएका कारण नियुक्त पाएको बताएका छन् ।
साथै नेता कर्णले पछिल्लो समय अदालतको घटना देखेर साह्रै नरमाइलो लागेको बताका छन् । उनले अदालतमा भइरहेको गतिविधि नेपालको इतिहासमा अद्भूत भएको बताए।