६ मंसिर २०७८, सोमबार

काठमाडौं । मंसिर २९ (डिसेम्बर १५) देखि हुने भनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) काे निर्वाचन अन्योलमा परेको छ ।

निर्वाचनको मिति सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपका कारण एनआरएनएको निर्वाचन मिति अन्योलमा परेको हो ।

परराष्ट्र मन्त्रालयले जारी निर्वाचन तालिकामा विमति जनाउँदै शुक्रबार परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको छ ।

एनआरएनएको संरक्षकमा एनआरएनएका पूर्वअध्यक्ष शेष घले रहेका छन् । र, परराष्ट्र मन्त्रालयको पत्रअनुसार निर्वाचन गर्ने जिम्मा पूर्वअध्यक्ष घले र उनले चाहेको व्यक्ति एनआरएनएको अध्यक्ष हुनेछन् ।

एनआरएनएको चुनाव मिति तय भए पनि परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपविरुद्ध वर्तमान एनआरएनए अध्यक्ष कुमार पन्तलगायत उत्रिएका छन् । उनीहरुले एनआरएनएको इतिहासमा सरकारबाट पहिलोपटक निरन्तर हस्तक्षेप खेप्नुपरेको भनाइ छ ।

साथै, एनआरएनएको निर्वाचनमा परराष्ट्र मन्त्रालयले संस्था नियन्त्रणमा लिएर चाहेको व्यक्तिलाई जिताउन खोजिरहेको उनीहरुको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV