६ मंसिर २०७८, सोमबार

काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ।

आइसीसी टी २० महिला विश्वकपको पहिलो छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४ रनको योगफल तयार गरेको थियो। जवाफमा उक्त लक्ष्य हङकङले १२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्‍यो।

हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित इनिङ खेलिन। त्यस्तै नतासा मिलेसले १६ रनको स्को बनाउँना कप्तान कर्य चनले १७ रन बनाइन। ओपनर हिललाई इमा लाइले १४ रनको अविजित सहयोग गर्दा हङकङले सहज जित निकालेको थियो। नेपालका लागि कविता कुंवर, सिता राना मगर र सबनम राईले समान १र१ विकेट लिए।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन्। ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन्।

तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए। तर नेपाली ब्याटरले खुलेर खेल्न नसक्दा चुनौतीपुर्ण स्कोर तयार गर्न नेपाल असफल रह्यो। हारसँगै नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न चुनौती बनेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV