६ मंसिर २०७८, सोमबार

काठमाडौँ । अमेरिकी प्रविधिको बोबक्याट बी-७६० ब्याकहो लोडर अब नेपालमा पनि आएको छ ।

बबक्याटका लागि नेपालको आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि.ले यी हेवी इक्यूप्मेन्ट नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले बबक्याट बी–७६० को बकिंग पनि खुला गरेको छ ।

यो मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्रीका लागि तयार पारिएको जनाइएको छ ।

बबक्याटलाई नेपालका तराई , पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङको (४००० अल्टिट्युड उचाई) मा परीक्षण गर्दा मेसिन सहजै सञ्चालन भएको थियो।

अमेरिकी प्रविधीबाट निर्मितबी–७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ ।

उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ।

यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराईसम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV