६ मंसिर २०७८, सोमबार

काठमाडौँ । नेपाल बंगलादेश बैंकका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । कम्पनीको मंसिर ३ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरेर ६ जना सञ्चालकमा निर्वाचित गरेको थियो ।

उनीसहित छ जना सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV