६ मंसिर २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीहरुको धर्ना तथा विरोध प्रदर्शन जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा उक्त आन्दोलन जारी रहेको हो ।

तर आजको विरोध तथा धर्नास्थलमा भने दंगा प्रहरी हटाइएको छ । शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएको भन्दै आइतबार कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गरेका थिए । उनीहरु गृहमन्त्रीको राजीनामा समेत मागेर नाराबाजी गरेका थिए । आज भने दंगा प्रहरी हटाएर सिभिल प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV