६ मंसिर २०७८, सोमबार

एजेन्सी । टोटेनहमले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले
लिड्स युनाइटेडमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो ।

टोटेनहमलाई जित दिलाउनको लागि पिएर एमिल होएबिएर र सर्जियो रेगुइलोनले समान एक–एक गोल गरे भने ड्सका लागि ड्यानिएल जेम्सले गोल गरे ।

खेलको ४४औं मिनेटमा जेम्सले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा होएबिएरले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९औं मिनेटमा रेगुइलोनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टोटेनहमले जित्यो ।

यो जितसँगै १२ खेलबाट १९ अंक जोडेको टोटेनहम सातौं स्थानमा छ । पराजित लिड्स ११ अंकसहित १७ औं स्थानमा छ । चेल्सी २९ अंकसहित शीर्षस्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV