
एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ग्रानडामाथि ४–१ को सानदार जित निकाल्दै रियल शीर्षस्थानमा उक्लिएको हो ।
रियललाई सानदार जित दिलाउनको लागि मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले समान एक–एक गोल गरे । घरेलु टोलीका लुइस सुआरेजले एक गोल फर्काए ।
खेलको १९औं मिनेटमा मार्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा नाँचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
३४औं मिनेटमा सुआरेजले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५६औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । ७६औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई सानदार जित दिलाए ।
जितसँगै शीर्षस्थानमा उक्लिएको रियलको १३ खेलबाट ३० अंक जोडेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको सेभिया र रियल सोसिडाडको समान २८ अंक छ । पराजित ग्रानडा ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।