६ मंसिर २०७८, सोमबार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले शीर्षस्थानको नेपोलीमाथि जित निकालेको छ । गएराति भएको खेलमा इन्टरले नेपोलीलाई ३–२ एक गोल अन्तरले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउनको लागि हकान चलहानोग्लु, इभान पेरिसिस र लोउटारो मार्टिनेजले समान एक-एक गोल गरे । नेपोलीका पिओटर जिलेन्स्की र ड्रिएस मेर्टिन्सले गोल गरे ।

खेलको १७औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । तर नेपोलीको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा हकान चलहानोग्लुल पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

४४औं मिनेटमा हकानले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए । ६१औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को अग्रता दिलाए । ७९औं मिनेटमा मेर्टिन्सले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याएपनि हार टरेन ।

यो जितसँगै इन्टर १३ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा लरहेको छ । पराजित नेपोली ३२ अंकसहित शीर्षस्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV