६ मंसिर २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ ।

उहाँकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आइतबार ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV