५ मंसिर २०७८, आईतवार

खोटाङ । नेपाली कांसको सातौ जिल्ला अधिवेशनमा सभापतिको दौडमा सभापतिका प्रत्यासीहरु रविप्रकाश राई, विष्णुकुमार राई र सर्वधन राईको त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित भइसकेको छ।

नेपाली काङ्ग्रेस खोटाङको सभापतिको दौडमा रहेका चार जना विष्णुकुमार राई, रविप्रकाश राई, सर्वधन राई र भुपेन्द्र राईमध्ये भुपेन्द्र राई सभापतिको दौडबाट पछाडि सरेसँगै सभापतिमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ।

मङ्सिर ३ गते सम्पन्न प्रदेश क्षेत्रको मत परिणाम अनुसार मतदान दोश्रो चरणमा जाने निश्चित भइसकेको छ। साथै, उम्मेद्वारी त्रिपक्षीय हुने भएकोले प्रतिस्पर्दा निकै रोचक हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV