५ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री सांस्कृतिक (कन्सर्ट) कार्यक्रम सम्पन्न भएको छ । डीएभी सुशील केडिया विश्व भारती स्कूल र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा आइतबार नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको थियो । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो।

सम्मानित अतिथिको रूपमा आफ्नो मन्तव्यमा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए।

यस अवसरमा बोल्दै प्रथम सचिव कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भारतका चर्चित कलाकार÷ गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल ‘आजादीको अमृत महोत्सव’ को एक हिस्सा थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV