५ मंसिर २०७८, आईतवार

काठमाडौं । गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत ‘तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्त गीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे विचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न् । लामो समयपछि भिडियोमा देखिएको यो जोडीको अस्क्रीन रोमान्स रहेको छ ।

प्रहिल कार्कीको नै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेल्बासेको सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ ।

भिडियोलाइ रानी शाक्यको युट्युब च्यानल (Rani Shakya)मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV