५ मंसिर २०७८, आईतवार

काठमाडौं । पतंजली योगपीठ नेपालले नेपाल सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त गरेपछि मात्र टिभी सञ्चालनमा ल्याउने बताएको छ । पतंजलीका आईटी इञ्चार्ज सन्दीप वाल्मीकिले आइतबार प्रेस विज्ञप्ती जारी गरेर अनुमति प्राप्त गरेपछि मात्र ‘पतंजली नेपाल टिभी’ र ‘आस्था नेपाल टिभी’ सञ्चालनमा ल्याइने बताएका हुन् ।

त्यस्तै पतंजली योगपीठ अन्तर्गत सञ्चालन हुन गइरहेरको उक्त भिटीका सन्दर्भमा विभिन्न सञ्चार माध्यमले स्पष्ट जानकारीको अभावमा भ्रामक सूचना प्रकाशन गरेको भन्दै दुःख ब्यक्तसमेत गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७८/०८/०३ गते सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा विश्वविख्यात् स्वामी रामदेव जी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जीको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभ साइतको लागि टिभी भवनको उद्घाटन गरिएको हो तर प्रशारण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको ब्यहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात मात्र टिभी सञ्चालन हुने ब्यहोरा जानकारी गराइन्छ ।’

त्यस्तै पतंजली नेपाल टिभी र आस्था नेपाल टिभी नितान्त योग, आयुर्वेद शिक्षा, संस्कृति, कला, साहित्य, अध्यात्मिक, दार्शनिक ज्ञान सञ्चार गर्ने उदेश्यले सञ्चालन गर्ने तयारी गरिएको पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यो विशुद्ध सेवामुलक सामाजिक संस्था भएकोले यस टिभीको उदेश्य पनि समाज सेवासँग आवद्ध हुने कुरा स्पष्ट पार्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV