५ मंसिर २०७८, आईतवार

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पाेखरामा आयोजित खेल नीति सम्मेलनमा खेलाडीलाई थुप्रै टिप्सहरु बाँडे । खेल कसरी खेल्ने ? किन खेल्ने ? लगायत यावत् विषयमा अध्यक्ष ओलीले खेलाडीहरुलाई आफ्नो गुरु मन्त्र सुनाए ।

खेल खेल्नु भनेको तन्दुरुस्त रहन, फोक्सो ठीक राख्न, मुटु ठीक राख्न, मसल ठीक राख्नलगायत शरीर ठीक राख्न खेल आवश्यक रहेको उनले भनेका छन् । साथै, दक्ष खेलाडी र नमूना खेल क्षेत्र हुनुपर्ने पनि ओलीको भनाइ थियो ।

खेल क्षेत्र युवा उमेरका लागि नभई हरेक उमेरअनुसार हुनुपर्ने अध्यक्ष ओलीको माग छ । एक खेलाडी सक्रिय खेलबाट सन्यास लिए पनि खेल कायमै राख्ने उदाहरण दिँदै ओली भन्छन्, ‘एउटा प्रकृतिको खेल खेल्न छाडेपछि पहिले फुटबल, ब्याडमिन्टन खेल्थे भन्ने । पछि टिटितिर झर्ने, अलि पछि चेसतिर झर्ने । यसो भन्दा चेसचाहिँ कमसल खेल भनेको होइन ।’

ओलीले चेसमा बल र शारीरिक चाल नचाइने केवल बुद्धिले चाहिने बताए । तर, फुटबलमा भने मस्ष्तिक, शरीरलगायत सबै अवयवको उत्तिकै आवश्यक्ता पर्ने पनि बताए ।

केही वर्षअघि आफूले फुटबल खेल खेलेको प्रंसग पनि ओलीले उप्काए । उक्त खेलमा खेल र ज्यानको तालमेल नै नमिलेको ओलीले बताए ।

‘पोहोर पराल त्यहाँ फुटबल खेल थियो नि रंगशालामा । त्यहाँ मैले खेलेको देख्नुभयो होला साथीहरुले, फुटबल अलि परबाट कुद्छ म अलि वरबाट । तालमेलै नमिल्ने,’ ओलीले भने ।

दर्शक भएन र हुटिङ भएन भने खेलाडीले मनोबल नपाउने पनि बताए । यसै सवालमा ओलीले व्यंग्य प्रहार गरिहाले । एमाले उपमहासचिव घनश्याम भुसालको नाम लिँदै ओलीले घनश्याम भनेर चिनेको छ भने साथीहरु दौडिने बताए ।

‘५ नम्बर घनश्याम छ भने चिनेका साथीहरुले घनश्याम, घनश्याम भनेपछि दौँडिन्छ साथी (हाँसो) । ऊर्जा प्राप्त हुन्छ, मेरो साथमा समाज छ भनेपछि । मनोबल प्राप्त हुन्छ, उनले भन आफ्नो साथमा छैन भनेपछि त्यो पीडाले नै उस्को खुट्टा लट्पटिन्छ । त्यसकारण हुटिङ चाहिन्छ । दर्शक चाहियो,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV