५ मंसिर २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार पत्रकार सम्मेलन गरेरै आगामी दशौँ महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरे ।

पार्टीमा व्यक्ति प्रवृत्तिविरुद्ध खरो रुपमा उत्रिने उपाध्यक्ष रावलले उम्मेवारी दिने क्रममा आफूले पार्टी कार्यालयबाटै अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताए । तर, आफूले त्यस्तो चाहे पनि त्यो धोको पूरा नभएको पनि उनले बताए ।

उनका अनुसार एमाले महासचिव ईश्वर पोखरेलले ‘कार्यालयमा कक्ष छैन र हुँदैन’ भनेपछि आफूले पत्रकार सम्मेलन गरेरै उम्मेदवारीको घोषणा गरेको बताए ।

उनले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सबै कक्ष खाली छैनन् भनियो ।’

LIVE TV