५ मंसिर २०७८, आईतवार

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुनः फैलिएको भन्दै यूरोपका विभिन्न देशहरुले प्रतिबन्धात्मक ब्यवस्था लागू गरेपछि उक्त देशहरुमा सरकारविरोधी प्रदर्शन भएका छन् । कोभिड संक्रमण पुनः फैलिएपछि यूरोपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् ।

इटाली, उत्तरी आयरल्यान्ड, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, क्रोयसियालगायतका देशहरुमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएका हुन् । त्यस्तै अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका शहरहरूमा प्रदर्शन भएका छन् ।

यसका साथै कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने क्षेत्रमा जान रोक लगाएपछि त्यहाँका सर्वसाधारणहरु आक्रोशित भएका छन् । त्यसोत नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् ।

इटाली र क्रोएसियामा पनि सरकारले लगाएको प्रतिबन्धको विरोधमा सर्वसाधारण नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV