५ मंसिर २०७८, आईतवार

काठमाडौँ । सरकारले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिन सुरु गरेको छ । यसअघि १८ वर्षमाथिकाले मात्र कोभिड- १९ विरुद्धको खोप लगाउने गरेकाेमा अब बालबालिकाले पनि पाउने भएका हुन् ।

यसअघि फाइजर खाेप दीर्घ रोग भएकालाई फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो  । अाजबाट बालबालिकालाइ उक्त खाेप दिन सुरू गरिएकाे हाे ।

१२ देखि १७ वर्ष उमेर समूहका सबै निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था गरिएकाे स्वास्थ्य कार्यालय काठमाडौँले जनाएकाे छ ।  खोप सीमित मात्रा रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताइएको छ । खाेप लगाउन यसअघि ताेकिएकै नजिकका खाेपकेन्द्रमा जान सकिन्छ ।

LIVE TV