५ मंसिर २०७८, आईतवार
  • माेहनविक्रम शाही

जुम्ला । नेपाली काँग्रेस जुम्लाकाे जिल्ला कार्यसमितिका सम्पूर्ण पद र महाधिवेशन प्रतिनिधिका लागि मंसिर ६ गते मतदान हुने भएकाे छ । मंसिर १ गतेदेखि सुरु भएकाे जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि देउवा र पाैडेल पक्षका उम्मेदवारहरुले प्यानलसहित आफ्नाे उम्मेदवारी दर्ता गराएका छन् ।

देउवा पक्षबाट सभापतिका लागि अघिल्लो कार्यसमितिका सचिव कर्ण शाही उम्मेदवार बनेका छन् । देउवा पक्षकाे उपसभापतिका लागि नन्दराम बुढा र मकर हमाल, सचिवका लागि घनश्याम थापा र दान बहादुर बुढा, सह-सचिवका लागि नवराज देवकाेटा र धनबहादुर रावत उम्मेदवार बनेका छन् ।

पाैडेल पक्षबाट अघिल्लो कार्यकालका सभापति दिप बहादुर शाहीले पुनः सभापतिमा उम्मेदवारी दिएका छन् । पाैडेल पक्षकाे उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा अर्जुन कठायत (गाेल्डेन) र लक्ष्मण बहादुर शाही, सह-सचिवमा धनेन्द्र बाेहाेरा र नन्दप्रसाद चाैलागाइँ उम्मेदवार बनेका छन् ।

जुम्लामा दुवै पक्ष बराबरीकाे अवस्थामा भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ । पाैडेल पक्षकाे नेतृत्व कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले गरेका छन् भने देउवा पक्षकाे नेतृत्व संविधान सभाका सदस्य ललितजंग शाहीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV