५ मंसिर २०७८, आईतवार

काठमाडौं । काँग्रेस महाधिवेशनका लागि दुई किशोरी पनि प्रदेश प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।

काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि हालसम्म बाग्लुङ र मोरङबाट १८ वर्षका दुई किशोरी प्रदेश प्रतिनिधिका रुपमा निर्वाचित भएका हुन् ।

उनीहरु अधिवेशन तयारीका लागि भइरहेको छनौँट भएकामध्ये सबैभन्दा सानो उमेरका हुन् । नेपाली काँग्रेसले जनाए अनुसार बागलुङ क्षेत्र नम्बर १ (क) मा १८ वर्षीया उषा सापकोटा पार्टीको प्रदेश अधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएकी हुन् ।

त्यस्तैगरी मोरङ क्षेत्र नम्बर ६ (ख) मा पनि १८ वर्षकै रक्षा यादव पनि प्रदेश प्रतिनिधिका रुपमा छानिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV