५ मंसिर २०७८, आईतवार

खोटाङ । नेपाली कांग्रेस खोटाङका दुवै क्षेत्रमा जिल्ला सभापतीका प्रत्यासीहरु रविप्रकाश राई र विष्णुकुमार राईका संयुक्त उम्मेद्वारहरुले क्लीन स्विप गरेका छन् ।

जिल्ला सभापतिका प्रत्यासी विष्णुकुमार र रविप्रकाशले संयुक्त रुपमा प्रदेश क्षेत्र ‘क’ सभापतिमा राजेन्द्र राईलाई र प्रदेश क्षेत्र ‘ख’ सभापतिमा दिनेश घिमिरेलाई अघि सारेका थिए ।

प्रदेश क्षेत्र ‘क’मा विष्णुकुमार र रविप्रकाश पक्षको साझा उम्मेदवार राजेन्द्र र अर्का सभापतिका प्रत्यासी सर्वधन राई पक्षको उम्मेद्वार भक्तजंग राई विच प्यानल नै खडा गरि मतदान भएको थियो ।

त्यसैगरी प्रदेश क्षेत्र ‘ख’ मा रविप्रकाश र विष्णुकुमार पक्षको साझा उम्मेदवार दिनेश घिमिरे र अर्का सभापतिका प्रत्यासी भुपेन्द्र राई पक्षको उम्मेद्वार चण्डिराज राईबीच मतदान भएको थियो ।

प्रदेश क्षेत्र ‘ख’ मा उपसभापति र केही प्रदेश प्रतिनिधि बाहेक सम्पुर्ण प्यानलनै दिनेश घिमिरेको समूहले जितेका छन् । सभापतिका प्रत्यासी रविप्रकाश युवाहरु माझ लोकप्रिय मानिन्छन् ।

‘युवाहरुको विश्वासको जगमा, अग्रजको सम्मान, युवाहरुको विश्वास, खोटाङ सभापतिमा रविप्रकाश’ को नारा लिएर उनी चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV