५ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागको अनुसार मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो ।

विभागको अनुसार प्रहरी उपरीक्षक अवि नारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ । त्यस्तै तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ ।

अरु सूचिहेर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV