५ मंसिर २०७८, आईतवार

एजेन्सी । प्रशिक्षक जाभी हर्नान्डेजको पहिलो खेलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले स्पान्योललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा दोस्रो हाफमा मेम्फिस डिपाएले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।
पेनाल्टी बक्समा डिपाएलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए ।

यो जितसँगै जाभीले बार्सिलोनालाई आफ्नो प्रशिक्षणको पहिलो खेलमै जित दिलाउन सफल भए ।

जाभी दुई साताअघि बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए । रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्गी बरजुआनलाई अन्तरिम प्रशिक्षक र त्यसपछि जाभीलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

यो जितसँगै बार्सिलोना १३ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित एस्पान्योल १७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV