५ मंसिर २०७८, आईतवार

काठमाडौं । गायक सुजन आङ्देम्बेको ‘लै बरी लै बरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक आङ्देम्बेलाई गायिका दिलु लिम्बूले साथ दिएकी छन् ।

प्रेमी र प्रेमीकाबीचको प्रेमलाई सम्बोधन गरिएको उक्त गीतको म्युजिक भिडियोमा पूर्ण नेम्वाङ र निङ्वा लिम्बूको मुख्य अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन इशक जवेगुले गरेका छन् भने छायाँङ्कन पाँचथर जिल्लाका विभिन्न स्थानमा गरिएको हो ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV